Wednesday, July 30, 2014

धर्म.....?

म,
म आस्तिक!
थोरै बुझेको छु
धर्म आस्था हो
विश्वास हो
मानवता हो
संस्कार हो
आशा हो
भरोसा हो
नियम हो
कानून हो
अनि,
मान्नेहरुको लागि
स्वर्ग र नर्कको बाटो छुट्याउँने
एउटा मापदण्ड पनि हो।
तर,
अलि परबाट चियाउँछु
धर्म,
धर्म स्वार्थ पनि रहेछ
धर्म लोभ पनि रहेछ
धर्म लालच पनि रहेछ
नत्र,
नत्र किन पो
ढोलक बहादुरहरु,
आफैलाई विश्वास गर्न छाडेर
आफनै नियम कानून तोड्दै
आफनो संस्कार,रितीरिवाज बिर्सेर
डेविड हुनुमा
रमाई रहेका छन्???
अझ अलिक परबाट चियाउँछु
धर्म,
धर्म परिबन्द पनि रहेछ
धर्म परिस्थिति पनि रहेछ
धर्म बाध्यता पनि रहेछ
नत्र,
नत्र किन पो?
अलिकति परतिर
अनिष खालिङ राईहरु
नचाहेर पनि
परिबन्दको भुमरी परी
अलिकति,
बाँच्ने रहर बोकेर
जीवनलाई,
घिसार्दै
थेचार्दै
निचोर्दै
अली अनिष हुन
वाध्य भइ रहेका छन्???

Tuesday, May 31, 2011

गजल – कुलझोडा समुहको वेदना !!!

जुट्छ भनि जन्म दिए,जुटि दियो आज !
मिलीजुलि बस्नु पर्ने,छुटि दियो आज !!

कुन दशा आई लाग्यो,लौ न कठैवरी !
मबाट मेरो सन्तान,लुटि दियो आज !!

कसको आँखा लाग्यो वरै,मेरो वालामाथि !
हेर्दा हेर्दै दुईटा भई,फुटि दियो आज !!

आशा थियो जान्छौं भन्ने,धेरै पर सम्म!
जाँदा जादै सपना मेरो,टुटि दियो आज !!

जुट्छ भनि जन्म दिए,जुटि दियो आज !
मिलीजुलि बस्नु पर्ने,छुटि दियो आज !!

Tuesday, May 17, 2011

Ningleku Niwas!

झ्याउरे गजल!

समर्पित - अन्तरे (डम्बर खड्का)

हाऊ अन्तरे,कुलझोडा पसि केहि बोल्ने हो की?
मरि लानु के नै छ र,मनको कुरा खोल्ने हो की??

आफनो गाउँ,आफनो ठाउँ,रमाईलो पो छ है!
साथी माझ,बसि आज,आफनो कुरा घोल्ने हो की?

जन्मेऊ हामी,तेहि गाउँमा,मर्नु छ तेहि ठाउँमा!
भुलि अरु,हाम्रो बाटो,तेतैतिर मोड्ने हो की?

सपना हामले,सजाउँनु छ,आफ्नै कुलझोडामा!
ल है सोचौं,आजैबाट,विदेश अब छोड्ने हो की?

Thursday, February 10, 2011

.............!!!

शुभ प्रभात !

सेवारो दाज्यु ! अति मिठो आवाज !!

झट्ट पछाडी फर्के !

चिन्न गाह्रो भएन...

माथि भट्टराई काकाको छोरी ठुली पो रहेछिन् ।

माईती घर आएकीन् रे ।

दंग परे ! तर छाती हल्का भयो !!

खुशी लाग्यो !!!

..........संध्या !

गुड ईभिनिङ्ग ब्रो ! अति भारी आवाज !!

बिस्तारै पछाडी फर्के !

चिन्नै गाह्रो भो...

छोटा छोटा लिवासमा,

बिदेशी जस्ती,कहाँ नौटंकीमा देखे जस्ती,

छेउमा गएर राम्ररी नियाले.....

तल सुब्बा बाजेको नातिनी माईली पो रहेछिन् ।

युरोप भन्ने बिदेश गएर आएकीन् रे ।

दंग परे ! तर................!!!!!

Phone call with Semima!